अबको १५ दिनभित्रै कोरोना भाइरसको भ्याक्सिन ल्याउने तयारी पुरा हेर्नुहोस

एजेन्सी । कोरोना विश्वव्यापी भएसंगै भ्याक्सिन निर्माण गर्न जुटेका वैज्ञानिकहरु सफल हुँदै गएका छन् । भ्याक्सिन बनाउने मुलुकमा रुस पहिलो हुने सम्भावना देखिएको छ । रुसले अबको दुई सातामै भ्याक्सिनलाई आधिकारीकता दिनेगरी काम थालेको जनाएको छ ।

अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार त्यसको आधिकारीकता, सुरक्षा र प्रभावकारीताका विषयमा अध्ययन भइरहेको छ । रुसी अधिकारीहरुले सिएनएनलाई बताएअनुसार उनीहरुले अगस्ट १० वा त्यसभन्दा अघि भ्याक्सिनलाई स्वीकृति दिलाउनेगरी काम अघि बढाइरहेका छन् । समाचार अनुसार मस्कोस्थित गामेल्या इन्स्टिच्युटले यस भ्याक्सिनको विकास गरेको हो ।

विश्व स्वास्थ्य संगठनले स्वीकृति दिए लगत्तै पहिलो प्राथमिकता स्वास्थ्यकर्मीलाई दिइने पनि जनाइएको छ । स्वास्थ्यकर्मी पछि मात्र सर्वसाधारणका लागि भ्याक्सिन उपलब्ध गराइने छ । कोरोनासंग प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीि जोखिममा हुने भएकाले उनीहरुलाई पहिलो प्राथमिकतामा राखिएको हो ।

रुसले आफ्नो भ्याक्सिन परीक्षणबारे कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरेको छैन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यसको सुरक्षा र प्रभावकारिताबारे चासो राखिरहेका छन् । आधिकारीक धारणा सार्वजनिक नभएका कारण यसवारे विभिन्न खालका टिप्पणी आएका छन् । धेरैले सकारात्मक रुपमा लिएका छन् भने केहीले रुसी राष्ट्रपतिको कार्यालय अर्थात् क्रेमलिनको दबाबका कारण भ्याक्सिन चाँडै बाहिर ल्याउन खोजिएको आरोप लगाएका छन्, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई विश्वको विज्ञान शक्तिका रुपमा चित्रित गराउन यस्तो घोषणा गरेको आरोप लगाएका छन् ।

संसारभर अहिले दर्जनौं भ्याक्सिनको परीक्षण चलिरहेको छ । जुन मुलुकले भ्याक्सिन सबैभन्दा पहिला वजारमा ल्याउँछ उसले आर्थिक रुपमा पनि निकै फाइदा लिन सक्छ । त्यसैले मुलुकभरका वैज्ञानिकहरु भ्याक्सिन निर्माण र परिक्षणमा जुटेका छन् ।

केही मुलुकमा निर्माण भएका भ्याक्सिनहरु तेस्रो चरणको क्लिनिकल ट्रायलबाट गुज्रिरहेका बेला रुसी भ्याक्सिनले भने अझै दोस्रो चरणको ट्रायल पूरा गर्न बाँकी छ । भ्याक्सिन विकासकर्ताहरुले ३ अगस्टमा यो परीक्षण पूरा हुने र त्यसपछि तेस्रो चरणको क्लिनिकल ट्रायलसँगै समानान्तर रुपमा स्वास्थकर्मीलाई पनि भ्याक्सिन लगाइदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *